काठमाडौं । अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी बहन गरिरहेका छन्। सरकारले तीन वर्ष अगाडि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी गरे पनि कर्मचारी र राजनीतिक नेतृत्वबीच सहमति हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन ।
राष्ट्रिय सभाले गठन गरेको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सर कारलाई सिफारिस गरिएको प्रतिवेदनमा पनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिवस्तर को र हनुपर्ने उल्लेख गरिएको छ । मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख र घुराम विष्टले समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले मन्त्रालयलाई परिपत्र गरेसँगै अब प्रतिवेदनमा उल्लेखित विषय क्रमिक रूपमा कार्यान्वयन हुँदै जाने बताए ।



