काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि थप नयाँ निर्देशन जारी गरेको छ । शुक्रवार बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को संशोधन गर्दै केही निर्देशनलाई थप घट गरेको हो ।
बैंकले जारी गरेको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थालाई सबै ग्राहकको पहिचान (केवाईसी) गर्न निर्देशन दिएको छ । ग्राहकको पहिचान हुन नसकेमा त्यस्तो ग्राहकसँग व्यवसायीक सम्बन्ध स्थापित नगर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले भनेको छ, ‘‘प्रचलित कानून बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ । यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद कारोबार(गतिविधी प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नेछ’
त्यस्तै, आयात निर्यात कारोबारमा उच्चपदस्थ व्यक्तिको संकास्पद कारोबार तथा संलग्नता रहेको आशंकामा विशेष ध्यान दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरु नै यसमा लागिरहेको गुनासोपछि राष्ट्र बैंकले आशंकका लागेको व्यक्तिको खातासमेत खोल्न बन्द गर्नुपर्ने बताएको छ । आतंककारी क्रियाकलापमा संलग्न भएको वा स्पष्ट पहिचान नखुल्ने व्यक्तिको हकमा यस्तो खाता खोल्नसमेत नहुने
‘शंकास्पद कारोबारलाई बैंक तथा वित्तीय संस्थाले प्रारम्भिक विश्लेषण गरी उच्चपदस्थ व्यक्तिहरु संलग्न रहेको भए आन्तरिक कार्यविधिबमोजिम उच्च शंकास्पद र मध्यम शंकास्पद भुक्तानीमा वर्गीकरण गरी शंकास्पद कारोबार प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्नेछ ।’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।



