काठमाडौं । नेपाल राष्ट बैंकले केही बस्तुको आयातमा राखिएको नगद मार्जिन हटाएको छ । राष्ट्र बैंकले शुक्रवार सर्कुलर जारी गर्दै यसअघि जारी भएको नगद मार्जिनसम्बन्धी एकीकृत परिपत्रलाई संशोधन गरेको हो ।
उक्त संशोधन अनुसार अब टायल्स, मार्बल, ग्रेनाइट, स्लेट, ढुंगा, सेरामिक्स, बिटुमिन, ढुंगा, ईंटा, झिंगटीहरुको आयात गर्दा नगद मार्जिन राख्नुनपर्ने भएको छ ।
त्यसैगरी यस्तै सार्वजनिक खरिद कानून लागु हुने निकायहरुले सार्वजनिक निकायहरुले सार्वजनिक खरिद कानूनअन्तर्गत बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धित सार्वजनिक निकायलाई आपुर्ति गर्ने समान आयात गर्दा समेत नगद मार्जिन राख्नु नपर्ने भएको छ ।
तर, यस्तो सुविधा लिन बोलपत्रको कागजत, करार सम्झौता र आयात हुने वस्तु खुल्ने गरी सार्वजनिक निकायको सिफारित समेत आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ ।



