काठमाडौं । भूमि आयोगले कुनै पनि सुकुम्बासी बस्ती नहटाउन भनेको छ । शुक्रबार एक सूचना जारी गर्दै आयोगले यस्तो भनेको हो ।
आयोगले स्थानीय तहहरुबीच भएको सहमति अनुसार केही दिनभित्र सूचना प्रकाशित गरेर सुकुम्बासीको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा वितरण लगायतका काम अघि बढाउने जनाएको छ ।
निर्वाचन आचारसंहिताका कारण भदौदेखि यो प्रक्रिया रोकिएको जनाउँदै अब समस्या समाधान नभएसम्म कुनै पनि सुकुम्बासी बस्ती खाली नगराउन आयोगले ३५ दिने सूचना प्रकाशन गरेका स्थानीय तहरुलाई आग्रह गरेको हो ।