images
images

लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारणसभा


  • 486
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारणसभा

    काठमाडौं । सानिमा बैंकले साधारणसभा बोलाएको छ । शुक्रवार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले पुस ३ गते आम्रपाली बैंक्वेट, वालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि साधारणसधा बोलाएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै सो बैंकले अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने, न्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डाहरु राखेको छ । 

    सो सभा प्रयोजनका लागि बैंकले मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo