images
images

उडान अनुमति लिएर मात्रै टिकट बेच्न निर्देशन


  • 615
    SHARES
  • २०७९ मंसिर ३ गते शनिबार

    उडान अनुमति लिएर मात्रै टिकट बेच्न निर्देशन

    काठमाडौं । नेपाल  नागरिक  उड्डयन  प्राधिकरणले चार्टर उडानको अनुमति नलिई टिकट बिक्रीवितर ण नगर्न हवाई कम्पनीहरूलाई निर्देशन दिएको  छ । कुवेत  एयरलाइन्स र नेपाल  वायुसेवा निगमले चार्टर  उडानको अनुमति नलिई टिकट बेचे पछि कडिकडाउ गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका   प्रवक्ता जगन्नाथ निरौलाले प्राधिकरणको अनुमतिबिना हवाई कम्पनीले टिकट बेची विमानस्थलमा यात्रुको  बिचल्ली एवं अनावश्यक भीडभाड गराएपछि उक्त निर्देशन जारी गरिएको बताए ।

    नियामक निकायबाट  उडान गन्तव्यको अनुमति नलिई विमानस्थलमा भीडभाड गराउँदा हवाई  सुरक्षा व्यवस्थामा पर्न सक्ने  असरलाई  ध्यानमा राखे र उक्त निर्णय गरिएको उनले बताए । उनले भने “अहिले मौसम,परीक्षण उडान, माउन्टे न फ्लाइटका  कारण  त्यसैत  विमानस्थलमा हवाई चाप बढे को  छ । त्यसमाथि अनुमति नै  नलिई हवाई कम्पनीले  टिकट बेन थाले पछि विमानस्थलमा भीड बढ्न थाले को  छ ।

    यात्रुले दुःख  पाउन  थाले पछि  प्राधिकरणले पछिल्लो  निर्णय गरेको हो   ।”प्राधिकरणको निर्देशनको पालना नगरी यात्रुलाई अलपत्र पार्ने कार्य गरे सम्बन्धित वायुसेवा कम्पनी,  जीएसए,  व्यक्तिलाई  कानुनबमो  जिम  कार बाही गरि ने  उनको  भनाइ छ । 

    केही दिन पहिले कुवेत एयरलाइन्सले चार्टर उडान अनुमति नलिई  करिब छ सय  यात्रुलाई  टिकट  बेचेर अलपत्र  पारेपछि प्राधिकरणले वायुसेवालाई कारबाही त्यहाँको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, कुवेत (डीजीसीए)लाई पत्राचार गरेको छ  । एयरलाइन्सको नेपाली जीएसए कम्पनी ट्रान्सपो र्टसोलुसनले प्राधिकरणबाट अनुमति नलिई टिकट बेचेको हो । यसअघि  प्राधिकरणले अनुमति  नै    नलिई  यात्रुलाई बोर्डिङ पास दिएपछि निगमका कात्तिक १३ र  १४ गते का दिल्ली उडान रद्द गरेको  थियो ।
     
    आन्तरिक  उडानतर्फ हुने ढिलो उडान  (डिले )ले समे त विमानस्थलमा  यात्रुको चाप बढ्न    थालेको जनाउँदै  प्रवक्ता निरौ लाले  तोकिएको  समयको मात्रै टिकट बेच्न आग्रह गरिएको बताए । निर्वाचनको समयमा यात्रुको माग वृद्धि भएपछि वायुसेवाले  थपेका उडानका  कारण  अहिले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्जे क्सन वृद्धि भएको  छ । एटर ट्राफिक कन्जे  क्सन  बढ्दा  उडान  डिले   हुने ,  जहाजले   आकाशमा फन्को लगाएर अवतरणका  लागि पालो कुर्नुपर्ने अवस्था रहेको   छ  ।


    images
    images

    Logo