images
images

कर्मचारी निर्वाचनमा केन्द्रित, आफूखुसी मूल्य तोक्दै व्यापारी


  • 429
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    कर्मचारी निर्वाचनमा केन्द्रित, आफूखुसी मूल्य तोक्दै व्यापारी

    काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो।

    नेपाल खुदा व्यापार सयको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताए ।

     उनले भने, “पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो।” उनका अनुसार भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाइसकेको छ तर नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगो गरेर बिक्री गरिरहेका छन् । 


    images
    images

    Logo