images
images

शाओमीले गर्यो नयाँ रेड्मी ए सिरिज सार्वजनिक, कति पर्छ मूल्य ?


  • 1.1K
    SHARES
  • २०७९ कार्तिक १८ गते शुक्रबार

    शाओमीले गर्यो नयाँ रेड्मी ए सिरिज सार्वजनिक, कति पर्छ मूल्य ?

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै  रेड्मी ए१ र रेड्मी ए१ प्लस नेपाली बजार सार्वजनिक गरेको हो । 

    लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले भने, “सबैका लागि उचित मूल्यमा उच्च गुणस्तरको स्मार्टफोन उपलब्द गराउने लक्ष्य राखेको शाओमीले स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूका लागि नयाँ रेड्मी सिरिज लन्च गरेको छ । रेड्मी ए१ र रेड्मी ए१ प्लस लन्च गरेसँगै कम्पनीले नयाँ प्रविधिहरू अनुकूलन गर्न र स्मार्टफोन प्रयोगकर्ताहरूलाई जीवनशैलीमा स्तरवृद्धि गराउन नयाँ स्मार्टफोन सेटहरुलाई अझ आकर्षक बनाउने डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गरेको छ । रेड्मी ए१ र रेड्मी ए१ प्लस  दुवैको लन्चसँगै, हाम्रो लक्ष्य भनेको नयाँ स्मार्टफोन युजरहरूलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउनु हो ।”

    रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तरवृद्धि गर्न चाहने नयाँ प्रयोगकर्ताहरुलाई बजेट भित्र रहेर आकर्षक डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गर्दै, रेड्मी ए१ र रेड्मी ए१ं ‘रेड्मीकै भरोसा’ अन्तर्गत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । 

    रेड्मी ए१ र रेड्मी ए१ प्लस दुवैे एन्ट्री–लेभल डिजाइनको साथ तीन रंग –ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु रंगमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । यसको रेड्मी ए१ को २ जीवी+३२ जीवी भेरियन्टमा ११ ९९९ रुपैयाँ र रेड्मी ए१ प्लस २ जीवी+३२ जीवी र ३ जीवी भेरियन्टमा १२,४९९ र  १३,९९९ रुपैयाँमा उक्त फोन देशभरका सबै अधिकृत विक्रेताहरुमा उपलब्ध हुनेछ कम्पनीले जनाएको छ । 

     


    images
    images

    Logo