काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आज अर्को जहाजको उडान पनि रोकेको छ । विमानस्थलले बिहान ८ बजे नयाँ दिल्लीको लागि तय भएको उडान रद्द गरेको हो ।
विमानस्थलले आइतवार पनि काठमाडौंबाट भारतको नयाँ दिल्ली जान ठिक्क परेको नेपाल एयरलाइन्सको वाइडबडी जहाजलाई रोकेको थियो । आज फेरि विमानस्थलले नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिका अनुसार नेपाल एयरलाइन्सको तालिका नै नभएको भन्दै पुन ः रोक लगाएको हो ।
सोमबार बिहान काठमाडौँ–दिल्ली उडानको लागि निगमले १ सय ५० वटा टिकट विक्री गरेको थियो ।