images
images

शिक्षक विज्ञापन पुनः तीन तहकै


  • 1.0K
    SHARES
  • २०७९ कार्तिक १४ गते सोमबार

    शिक्षक विज्ञापन पुनः तीन तहकै

    काठमाडौं । शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। 

    शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।

    शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि फरक–फरक तरिकाबाट परीक्षा सञ्चालन गरेर शिक्षक छनोट गर्ने उल्लेख गरिएको छ।   

    नियमावलीको उक्त व्यवस्था संशोधन भएपछि वा शिक्षक सेवा आयोगसम्बन्धी छुट्टै कानुन बनेमा मात्रै दुई तहको शिक्षक छनोट गर्न सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए। आयोगले वार्षिक कार्यतालिकाअनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ । 


    images
    images

    Logo