images
images

अब अन्तर्राष्ट्रिय चार्टर उडान सबै भैरहवाबाट मात्र हुने


  • 466
    SHARES
  • २०७९ कार्तिक १४ गते सोमबार

    अब अन्तर्राष्ट्रिय चार्टर उडान सबै भैरहवाबाट मात्र हुने

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् ।

    गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ। 

    प्राधिकरणले आइतबारदेखि लागू गरेका हिउँदे उडान तालिका (विन्टर सेड्युल) अनुसार चार्टर उडानसँगै काठमाडौँबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन् । प्राधिकरणले विदेशबाट आउने चार्टर उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको थियो।


    images
    images

    Logo