काठमाडौं । तिहार लगत्तैपर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ । तिहारको तुुलनामा छठमा केरा महँगो भएको छ । छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शनिबार केरा प्रतिदर्जन १२० देखि १३५् रुपैयामा कारोबार भएको छ ।
जब कि तिहारमा प्रतिदर्जन ९० देखि १२० रुपैयाँसम्ममा कारोबार भएको थियो । नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौँका अध्यक्ष अम्बर बानियाँले छठमा बढी माग हुने भएकाले केराको मूल्य बढेको बताए । छठलाई लक्षित गरेर बजारमा केरा,मौसम, सुन्तलालगायतका फलफूल भारतबाट भित्रायाइएको छ भने स्याउ भारत र चीनबाट भित्रायाइएको छ ।
कालीमाटी, कुलेश्वर, बल्खु, बालाजुु बानेश्वर, कोटेश्वर, जडीबुटी, एकान्तकुना, जोरपाटी लगायत काठमाडौँ उपत्यकाका ठाउँठाउँका थोक बजारबाट फलफूलको कारोबार हुनेगरेको छ । नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौँका अनुसार काठमाडौँ उपत्यकामा भित्रिने फलफूलको ८० देखि ८५ प्रतिशत कालीमाटी र कुलेश्वरको बजारबाट वितरण हुुन्छ । सङ्घका अध्यक्ष बानियाँले उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित बजारबाट फलफूल किने र लग्नगरेको बताए । उनले छठमा विशेषगरी केरा, नरिवल, उखुबढी माग हुने गरेको र यसबाहेक स्याउ, सुन्तला, मौसमको पनि माग भएको जानकारी दिए । किवी र ड्रागन फ्रुट्सलगायतको पनि विगतका तुलनामा कारोबार बढेको उनको भनाइ छ ।
७५ करोडको केरा भित्रियो
केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय उत्पादन र हेको छ । छठमा अधिकांश माग भारतबाट आएको केराले धान्ने गरेको अध्यक्ष बानियाँले बताए । तिहार र छठको बीचमा ७० करोड रुपियाँको केराभारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा पाँच करोड रुपियाँको नेपाली केरा भित्रिएको छ । भारतीय करा आकर्षक र ठूलो हुने भएकाले आम उपभोक्ताले नेपाली केराभन्दा भारतीय केरा बढी किन्ने गरेको व्यापारी बताउँछन् । कालीमाटीका केरा व्यापारी विजय कार्कीले नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा आकर्षक नदेखिने भएकाले धेरको माग भारतीय केराकै हुने गरेको अनुुभव सुुनाए ।



