images
images

पाँच विमान कम्पनीलाई उडान गर्न निर्देशन


  • 505
    SHARES
  • २०७९ कार्तिक १३ गते आइतबार

    पाँच विमान कम्पनीलाई उडान गर्न निर्देशन

    काठमाडौं । नेपाल वायुसेवा  निगम र हिमालएयर लाइन्ससहित पाँच विमान कम्पनीलाई  भैरहवामा  अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । हाल  त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम,हिमालयएयर लाइन्स, एयरअरेबिया, कतारएयर वेज, फ्लाईदईले दैनिक तीनभन्दा  बढी  उडान  गरि  रहेका  छन्  ।

    यसअघि  प्राधिकरणले   काठमाडौंमा  तीनभन्दा बढी उडान  गर्दै आएका सबै अन्तर्राष्ट्रिय  हवाई कम्पनीलाई  कात्तिक  १५  गतेदेखि  दैनिक  एक उडान भैरहवाबाट  गर्न  निर्देशन दिएको थियो । तर चाडपर्व र बिदाका कारण हाललाई  स्वदेशी  विमान कम्पनी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई भैरहवामा उडान सुरु गर्न प्राधिकरणले निर्देशनसहितको पत्र पठाएको छ  ।

    स्वदेशी  विमान कम्पनीले पहिले उडान सुरु  गरे बाह्य  विमान कम्पनीलाई  पनि  भैरहवातर्फमोड्न सहज हुने प्राधिकरणले जनाएको छ  ।प्राधिकरणका प्रवक्ता  जगन्नाथ निरौलाका अनुसार अक्टोबर ३०  देखि  आगामी  सन्  २०२३ मार्चसम्मको उडान तालिका   (विन्टर से  ड्युल) अनुसार गौतम  बुद्वविमानस्थलमा  समे  त  उडान भर्न  निगम र हिमालय  एयर  लाइन्सलाई  पत्राचार   गरिएको छ  ।

    अन्तर्राष्ट्रियविमान कम्पनीलाई आगामी पुस १ गतेदेखि  भैरहवामा  अनिवार्य  उडान तयारी गर्न   प्राधिकरणले  सूचना   गरि  सकेको छ  । उनले भने “हाल  काठमाडौँमा  २६  विदेशी विमान  कम्पनीले    उडान  भर्दै आएका  छन्  ।  भैरहवा विमास्थलको व्यवसाय  बढाउन  र    विदेशी  विमान कम्पनीलाई  आकर्षित  गर्न  प्राधिकरणले यस्तो तयारी गरेको  हो ।यसले काठमाडौ विमानस्थलको हवाई चापसमेत सुधार्न मद्दत गर्छ ।”

    भैरहवामा पनि उडान गर्न प्राधिकरणले गरेको प्रस्तावपछिको छलफलमा  विमान कम्पनीहरू  सकारात्मक रहेको उनले बताउए । भैरहवाबाट दैनिक  एक  उडान  गर्न  निगम  र हिमालयले केही  समयमागे  र तयारी  गरिरहेकोउनको   भनाइ  छ  ।  भैरहवा  उडान  सङ्ख्या  बढाउन  हवाई इन्धनको मूल्य  घटाउन  र भैरहवाबाटै सुरुवाती  श्रम अनुमति  र स्वास्थ्य  परीक्षण व्यवस्था भइसके  काले हिमालयले भैरहवाबाट साउदीकोरियादसम्म र निगमले भैरहवाबाट  दुबई–दोहाको उडान  गर्ने    उनले जानकारी  दिए    ।  


    images
    images

    Logo