काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजना मंगलवारदेखि एक हप्ताको लागि बन्द हुने भएको छ । जलविद्युत आयोजना सूचना जारी गर्दै कात्तिक ८ गतेदेखि १५ गतेसम्मका लागि विद्युत् उत्पादन बन्द हुने जनाएको हो ।
सो आयोजनाले नियमित निरीक्षण गर्नका लागि एक हप्ता विद्युत् उत्पादन बन्द गर्ने भएको छ । दोलखा जिल्ला, विगु गाउँपालिका, वडा नं १, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्यत केन्द्रको हेडवर्क्स र् मुख्य सुरुङको प्राविधिक निरीक्षणका गर्न लागेको हो ।
कात्तिक ७ गते रातिदेखि नै जलाशयको पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रमा करिब ११/१२ घण्टा नदीको बहाव बढ्न जाने भएकोले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।