images
images

फोहोर व्यवस्थापनका नाममा मासिक २५ करोड असुली, छैन कुनै कानुनी प्रक्रिया


  • 468
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    फोहोर व्यवस्थापनका नाममा मासिक २५ करोड असुली, छैन कुनै कानुनी प्रक्रिया

    काठमाडौं। काठमाडौं महानगरपालिकाका कर्मचारीसँग मौखिक सहमति गरेका भरमा निजी क्षेत्रले उपत्यकावासीबाट फोहोर संकलनका नाममा रकम असुलिरहेको पाइएको छ। फोहोर व्यवस्थापनका नाममा उपत्यका र बनेपा नगरपालिकाका करिब २ लाख घरपरिवारबाट मासिक १२ देखि १५ करोड रुपैयाँ उठ्ने गरेको छ।

    तर त्यो रुपैयाँ उठाउने प्रक्रिया र व्यवस्थापनका विषयमा न त कुनै कानुनी प्रक्रिया छन त कुनै हिसाब किताब। कुन परिवारले कति शुल्क बुझाउने ? शुल्क नबुझाए के हुने ? घरपरिवारले बुझाएको शुल्क कसरी व्यवस्थापन गर्ने ? यी र यस्ता विषयमा कानुन र विधि नहुँदा काठमाडौं महानगरपालिका, अन्य नगरपालिका, निजी क्षेत्र तथा उपत्यकावासीसमेत अन्योलमा छन् ।

    काठमाडौँ महानगरसहित उपत्यकाका १८ र बनेपा १ गरी १९ वटा नगरपालिकाबाट ६० वटा निजी क्षेत्रले मासिक रूपमा सामान्यता प्रतिघरपरिवार ३ सयदेखि ४ सय रुपैयाँ उठाउने गरेका छन् । निजी क्षेत्रले एउटा घरबाट सामान्यता दसैं खर्चसमेत गरी १३ महिनाको शुल्क उठाउने गरेको छ । 


    images
    images

    Logo