काठमाडौं । शनिबार अमेरिकी डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
युरो एकको खरिद दर १ सय २८ रुपैयाँ १४ पैसा र बिक्री दर १ सय २८ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १ सय ४८ रुपैयाँ ३४ पैसा र बिक्री दर १ सय ४९ रुपैयाँ ०१ पैसा रहेको छ।




