images
images

मर्जरमा गएका कम्पनीको कारोबार रोक्का र फुकुवाको जिम्मा अब सेबोनलाई


  • 351
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    मर्जरमा गएका कम्पनीको कारोबार रोक्का र फुकुवाको जिम्मा अब सेबोनलाई

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गाभ्नेरगाभिने तथा प्राप्तिका लागि हुँदै आएको शेयर कारोबार रोक्का तथा फुकुवाको जिम्मा धितोपत्र बोर्ड (सेबाेन) लाई दिएको छ। राष्ट्र बैंकले बिहीबार मर्जर सम्बन्धी विनियमावलीमा पाँचौ स‌ंशोधन गर्दै उक्त व्यवस्था सेबोनलाई जिम्मा दिएको हो । । 

    राट्र बैंकले पाँचौ संशोधन गर्दै नेमर्जर र प्राप्तिका लागि सम्बन्धित संस्थाले सेयर कारोबार रोक्का गरिएको पत्रसहितको व्यहोरा उल्लेख गर्दै सैद्धान्तिक सहमतिका लागि निवेदन दिनुपर्ने व्यवस्था हटाएको छ। अब सेवोनकाे व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरुको शेयर कारोबार रोक्का तथा फुकुवा हुनेछ । 

    यसअघि मर्जर र प्राप्तिका लागि सम्बन्धित संस्थाले सेयर कारोबार रोक्का गरिएको पत्रसहितको व्यहोरा उल्लेख गर्दै सैद्धान्तिक सहमतिका लागि निवेदन दिनुपर्ने व्यवस्था थियो।

    यस्तै, राष्ट्र बैंकका अनुसार गाभ्नेरगाभिने वा प्राप्तिका कारण संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको सीमाभन्दा बढी हुनु हुँदैन। बढी भएमा बैंकको निर्देशन बमोजिम हुने गरी मर्जर सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमा भित्र ल्याउनु पर्नेछ। 

     


    images
    images

    Logo