images
images

समानुपातिक बन्दसूची सार्वजनिक, प्रतिनिधिसभामा २३९९ उम्मेदवार


  • 505
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    समानुपातिक बन्दसूची सार्वजनिक, प्रतिनिधिसभामा २३९९ उम्मेदवार

    काठमाडौं । ४८ वटा राजनीतिक दलले समानुपातिक निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकल वा संयुक्त रुपमा चुनाव चिन्ह लिएर निर्वचन लड्नेगरी सो बराबरका दलहरुले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । उक्त सूची आयोगले शनिबार सार्वजनिक गरेको छ । 

    आयोगले सार्वजनिक गरेको बन्दसूची अनुसार प्रमुख राजनीतिक दलहरुले कुल सीट संख्या बराबर नै उम्मेदवारको सूची पठाएका छन् । अन्य दलहरुले भने सीमित संख्यामा मात्रै उम्मेदवारको सूची बुझाएका छन् । 

    आयोगले प्रतिनिधिसभा र ७ वटा प्रदेश सभाका लागि छुट्टाछुट्टै सूची प्रकाशन गरेको छ । यस अनुसार प्रतिनिधिसभामा कुल ११० सिटका लागि कुल २ हजार ३ सय ९९ जनाले उम्मेदवारी दिएका छन् ।  समानुपातिक निर्वाचन प्रणाली अनुसार संसदमा सबै जातजाती र क्षेत्रको समान प्रतिनिधित्व हुनुपर्ने भएकोले क्लस्टरका आधारमा निर्वाचित हुनेहरुको टुंगो लाग्नेछ ।

    यस्तो छ प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारहरुको सूची


    images
    images

    Logo