images
images

राष्ट्र बैंकलाई महँगो पर्दै नोट छपाइ


  • 446
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    राष्ट्र बैंकलाई महँगो पर्दै नोट छपाइ

    काठमाडौं । नेपालमा नोट छपाइको प्रविधि नहुँदा राष्ट्र बैङ्कले बर्सेनि अर्बौं रुपैयाँ नोट छपाइमा खर्च गर्नु परिरहेको छ । विश्वव्यापी मूल्य वृद्धि र अर्थतन्त्रको आकार विस्तारका कारण परिमाण पनि बढाउनुपर्ने हुँदा नोट छपाइ खर्च बढ्दो देखिएको हो । भएकै सिक्का टङ्कनको प्रविधि समयानुकूल परिमार्जन नगर्दा सिक्का टङ्कनका लागि पनि विदेशमै भर पर्नुपर्ने अवस्था छ ।  

    नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको एक अध्ययनअनुसार नेपालले गएको पाँच वर्षमा औसत वार्षिक १ अर्ब ३३ करोड ६४ लाख रुपैयाँ नोट छपाइकै लागि विदेशमा खर्चने गरेको छ । नेपालमा सुरक्षण प्रेस नभएकाले सुरक्षित र भरपर्दो छपाइका लागि फ्रान्स, चीन फिनल्यान्डजस्ता देशमा खुला  बोलकबोल  प्रक्रियाका  आधारमा  विभिन्न  दरका  नोट  छाप्ने  गरिएको  छ  ।  नोट  छाप्दाको  लागत, ढुवानी र बीमाका लागि राष्ट्र बैङ्कले गर्ने खर्चको दर पनि बढ्दै गएको देखिएको छ ।

    नेपालमा   अभौतिक   मुद्रा   (डिजिटल   करेन्सी) सम्बन्धमा राष्ट्र बैङ्कले तयार गरेको एक अवधारणा प्रतिवेदनले यस्तो खर्च विवरण देखाएको हो । राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७६/७७ मा नोट छपाइ तथा ढुवानीमा ८७ करोड ४१ लाख रुपैयाँ मात्रै खर्चिएको थियो तर लगत्तै २०७७/७८ मा आइपुग्दा यस्तो खर्च करिब दोब्बर (९१.०६ प्रतिशत)ले बढेर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो खर्च ४५ प्रतिशतले बढेर २ अर्ब ४३ करोड ६६ लाख रुपैयाँ पुगेको देखिन्छ ।

    विश्वका विभिन्न मुलक, जहाँ छपाइ गुणस्तर र सुरक्षित छ, त्यसकै अधारमा छपाइ गर्ने हो । विश्वव्यापी मूल्य वृद्धिको असरले राष्ट्र बैैङ्कको नोट छपाइ खर्च वृद्धि भएको देखिन्छ । राष्ट्र बैङ्कले ती नोट ढुवानीका क्रममा सुरक्षा र बीमा प्रयोजनमा पनि थप रकम खर्च गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको  छ  ।  

    प्रतिवेदनले  नेपालमा  डिजिटल करेन्सी  प्रयोग  गर्ने  तथा  भुक्तानीमा  विद्युतीय  प्रणालीको प्रयोग बढाउन सके अबको पाँच वर्षमा नोट छपाइ क्रमिक रूपले हालको भन्दा ५० प्रतिशत कम गर्न सकिन्छ । यसबाट छपाइ खर्च करिब चार अर्ब ७५ करोड रुपियाँ पनि बचत हुनेछ ।

    अर्थतन्त्रको आकार विस्तार हुँदै जाँदा नेपालमा नोट खपतको मात्रा वार्षिक करिब १२.५ प्रतिशतले बढ्ने गरेको छ । नेपालमा अहिले एक हजार, पाँच सय, एक सय, पचास, बीस, १० र पाँच रुपियाँ दरका नोट प्रचलनमा छन् । यसपालिको दशँैमा मात्र एक हजार र पाँच सय दरका करिब ४० अर्ब र साना दरका १६ अर्ब रुपियाँ बराबरका गरी ५६ अर्ब रुपियाँ बराबरका नयाँ नोट सटही भएको छ ।

    राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका अनुसार सामान्यतया प्रतिनोट छपाइ लागत एक हजार रुपियाँको तीन रुपियाँ सात पैसा, पाँच सयको चार रुपियाँ ६८ पैसा, एक सय रुपियाँको दुई रुपियाँ ९९ पैसा, ५० रुपियाँ नोटका लागि दुई रुपियाँ ६२ पैसा लागत लाग्छ ।

    त्यस्तै २० रुपियाँ र सोभन्दा कमका लागि दुई रुपियाँ ५० पैसा पर्छ तर यो दर सधैँ स्थिर भने रहँदैन । बोलकबोलका आधारमा मूल्य तय हुन्छ । नेपालमा नोट छपाइको प्रविधि छैन तर भएको सिक्का  टङ्कण  (छपाइ)को  प्रविधि  पनि  हाल  उपयोगमा छैन ।

    पुरानो प्रविधि र उपयुक्त जनशक्तिको अभावका  कारण  अहिले  सिक्का  पनि  देशभित्र  टङ्कण हुने अवस्था छैन । यसर्थ अब सिक्का पनि विदेशबाटै ल्याउने तयारी राष्ट्र बैङ्कको छ । 


    images
    images

    Logo