images
images

निर्वाचनका लागि उम्मेदवारी दर्ता आज


  • 509
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

    काठमाडौं । प्रतिनिधि  सभा  र प्रदेश  सभा  सदस्य  निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी  दर्ता आइतबार हुँदैछ  ।  राजनीतिक दलका  नेता  र स्वतन्त्र  राजनीतिक अभियन्ताले पाँच वर्षको    प्रतीक्षापछि  जनताबाट  अनुमोदित  हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेदवारी  (मनो   नयनपत्र)  दर्ता  गर्नुहुने छ  । 

    निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा  पौडेलले मङ्सिर ४  गते हुने प्रतिनिधि  सभा  र प्रदेश सभा  सदस्य  निर्वाचनका  लागि  प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता  आइतबार बिहान  १०  देखि  साँझ  ५  बजे   भित्र  गर्नुपर्ने बताउए । उनले भने, “पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत  प्रतिनिधि  सभा  तथा  प्रदेश  सभा सदस्यका  लागि  आइतबार मनोनयनपत्र  पेस  गर्नुपर्नेछ  । राजनीतिक  दल  र स्वतन्त्र  उम्मेदवारले निर्धारित  समयमा आवश्यक  कागजपत्रसहित  उपस्थित  भएर उम्मेदवारी मनोनयनपत्र  दर्ता  गर्नुहुने  छ  ।”

    विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी  दर्ता गर्ने गरेको आयोगको अनुभव रहेको बताउँदै निर्वाचन कार्यक्रम सार्ने अवस्था नरहेको बताए ।
     
    सम्बन्धित उम्मेदवारले मुख्य  निर्वाचन अधिकृत तथा  निर्वाचन  अधिकृतको कार्यालयमा  उपस्थित  भएर उम्मेदवारी  मनो नयनपत्र  दर्ता  गर्नुपर्ने   छ  ।  उनका  अनुसार उम्मेदवार स्वयंउपस्थित भएर वा  उम्मेदवारका  प्रतिनिधिबाट  मनोनयनपत्र दर्ता गर्न  सकिने   छ  ।

    निर्वाचन आयोगले बाढी, पहिरो तथा   यातायात अवरोधका  कारण  कुनै समस्या परेमा राजनीतिक  दल  तथा स्वतन्त्र  उम्मेदवारलाई  सम्बन्धित  निर्वाचन  अधिकृतको कार्यालयमा मनोनयनदर्ता गर्न   सहजीकरण गरिने बताएको छ  ।  आयोगले आइतबार बिहान  १०  बजे   भित्र निर्वाचन आयोगमा  कागजात  उपलब्ध  गराएमा  आवश्यक सहजीकरण  गरि   दिने व्यवस्था  मिलाइएको जानकारी  दिएको छ  ।  

    प्रत्यक्षतर्फ  देशभरिका  कुल  १६५  प्रतिनिधि  सभा  र ३३० प्रदेश  सभा  निर्वाचन  क्षेत्रमा  उम्मेदवारी  मनोनयनपत्र  दर्ता गरिने   छ  ।  आगामी  निर्वाचनमा भाग  लिन  ७६  राजनीतिक  दलले    निर्वाचन  आयो   गमा  निवे   दन  दिएका  थिए  ।  विभिन्न राजनीतिक दलले एउटै चुनाव  चिह्न  लिएर चुनावमा  जाने भएपछि दलहरूका  लागि  ६८  वटा चिह्न  निर्धारण  गरिएको छ  । 


    images
    images

    Logo