images
images

एकीकृत समाजवादीका १९ उम्मेदवारको टुंगो लाग्यो, सिमरा गए किसान श्रेष्ठ


  • 515
    SHARES
  • २०७९ आश्विन २२ गते शनिबार

    एकीकृत समाजवादीका १९ उम्मेदवारको टुंगो लाग्यो, सिमरा गए किसान श्रेष्ठ

    काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले प्रतिनिधिसभा उम्मेदवारहरुको टुंगो लगाएको छ । सत्ता गठबन्धमा सिट बाँडफाँट टुंगिएपछि समाजवादीले उम्मेदवारहरुको टुंगो लगाएको हो । 

    यसअनुसार अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालदेखि सबै चर्चित अनुहारहरुले टिकट पाएका छन् । तनहुँबाट सांसद बनेका कृष्णकुमार श्रेष्ठ (किसान) यसपटक बारा क्षेत्र नं. ४ बाट चुनावमा उठ्दैछन् । त्यस्तै, विरोध खतिवडाले मकवानपुर २ मा टिकट पाउने भएका छन् । 

    त्यस्तै, पूर्वमन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा र प्रेम आले पनि १९ जनाको सूचीमा समेटिएका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे यसपटक प्रतिनिधिसभामा धादिङ १ बाट उठ्दैछन् । 

    हालका मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चाैधरी र शेरबहादुर कुँवर पनि प्रत्यक्षको सूचीमा परेका छन् । ललितपुर २ बाट कृष्णलाल महर्जन, उदयपुर २ बाट जगन्नाथ खतिवडा, कास्की २ बाट श्रीनाथ बराल, पाल्पा २ बाट सोमप्रसाद पाण्डे, रुपन्देही २ बाट राजु गुरुङ, सल्यानबाट प्रकाश ज्वाला, दैलेख १ बाट अम्बरबहादुर थापा र बझाङबाट भानुभक्त जोशी समेत उम्मेदवार बन्दैछन् । 

    प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवार

    १. इलाम क्षेत्र न. १  झलनाथ खनाल

    २. उदयपुर क्षेत्र नं. २  जगन्नाथ खतिवडा

    ३। रौतहट क्षेत्र नं. १  माधवकुमार नेपाल

    ४. बारा क्षेत्र नं. ४  कृष्णकुमार (किसान) श्रेष्ठ

    ५. काठमाडौं क्षेत्र नं. ८ जीवनराम श्रेष्ठ

    ६. ललितपुर क्षेत्र नं २ कृष्णलाल महर्जन

    ७. धादिङ क्षेत्र नं १ राजेन्द्रप्रसाद पाण्डे

    ८. मकवानपुर क्षेत्र नं २ विरोध खतिवडा

    ९. कास्की क्षेत्र नं. २ श्रीनाथ बराल

    १०. गुल्मी क्षेत्र नं. २ रामकुमारी झाँक्री

    ११. पाल्पा क्षेत्र नं २ सोमप्रसाद पाण्डे

    १२. रुपन्देही क्षेत्र नं. २ राजु गुरुङ

    १३. दाङ क्षेत्र नं. १ मेटमणि चौधरी

    १४. सल्यान प्रकाश बुढाथोकी (ज्वाला)

    १५. डोल्पा धनबहादुर बुढा मगर

    १६. दैलेख क्षेत्र नं. १ अम्बरबहादुर थापा

    १७. अछाम क्षेत्र न. १ शेरबहादुर कुवँर

    १८. बझाङ भानुभक्त जोशी

    १९. डोटी प्रेमबहादुर आले

     


    images
    images

    Logo