काठमाडौं । एमाले नेता भीम रावललाई एमालेले अछामबाट सुदूरपश्चिमबाट टिकट नदिने भएको छ । एमालेले टुङ्ग्याएको प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष उम्मेदवारको नाममा रावल नसमेटिएका हुन् ।
एमालेले सो प्रदेशमा प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाका लागि ३२ नामको टुंगो लगाएको छ । यसमा संशोधन नभए रावलले अघिल्लो चुनावमा जितेको क्षेत्रबाट एमाले पार्टीको तर्फबाट उम्मेदवार बन्न पाउने छैनन् । उनको स्थानमा पूर्वमन्त्री झपट बोहोराको नाम अघि आएको छ ।
यो प्रदेशका १६ मध्ये एमालेले १५ वटामा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमा भने एमालेले उम्मेदवार नउठाएर काँग्रेस बीपीका कर्ण मल्ललाई सहयोग गर्ने जनाएको छ । प्रदेशसभातर्फ ३ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छोड्न खाली राखिएको छ ।
तात्कालिन नेकपा एमाले विभाजनमा सहयोगी भूमिका खेल्नेमध्ये रावल एक थिए । त्यसमा १० जना थिए । ओलीले पार्टी फुटाउन सहयोग गर्न गरिएको गल्तीबारे आत्मालोचना नगरेसम्म टिकट नदिने अडान राख्दै आएका छन् ।
यस्तो छ सुदूरपश्चिममा एमाले उम्मेदवारको नामावली
बाजुरा
प्रतिनिधिसभामा : कर्ण थापा
प्रदेशसभा (क) बल्देव रेग्मी
प्रदेशसभा (ख) मा लालबहादुर थापा
बझाङ
प्रतिनिधिसभा : ऐन महर
प्रदेशसभा (क) एलबी रावल
प्रदेशसभा (ख) अफिलाल ओखेडा
दार्चुला
प्रतिनिधिसभा : गणेश ठगुन्ना
प्रदेशसभा (क) हरिदेव जोशी
प्रदेशसभा (ख) मा रामदत्त जोशी
बैतडी
प्रतिनिधिसभा : दामोदर भण्डारी
प्रदेशसभा (क) लिलाधर भट्ट
प्रदेशसभा (ख) सुरेन्द्र दाहाल
डडेलधुरा
प्रतिनिधिसभा : कर्ण मल्ल (बीपी कांग्रेस)
प्रदेशसभा (क) पठानसिंह बोहोरा
प्रदेशसभा (ख) गजेन्द्र शाही
डोटी
प्रतिनिधिसभा : गौरी ओली
प्रदेशसभा (क) चक्र मल्ल
प्रदेशसभा (ख) प्रेम बम
अछाम
प्रतिनिधिसभा १ : झपड बोहोरा
प्रदेशसभा १ (क) देवबहादुर कुँवर
प्रदेशसभा १ (ख) कृष्णप्रसाद जैसी
प्रतिनिधिसभा २ : यज्ञ बोगटी
प्रदेशसभा २ (क) भीमबहादुर बिष्ट
प्रदेशसभा २ (ख) शिव उपाध्याय
कञ्चनपुर
प्रतिनिधिसभा १ ः तारा लामा
प्रदेशसभा १ (क) बीरबहादुर थापा
प्रदेशसभा १ (ख) पल्लव भट्ट
प्रतिनिधिसभा २ : नरबहादुर धामी
प्रदेशसभा २ (क) कृपा राना
प्रदेशसभा २ (ख) बचनबहादुर सिंह
प्रतिनिधिसभा ३ : निरु पाल
प्रदेशसभा ३ (क) राप्रपालाई छोड्ने
प्रदेशसभा ३ (ख) सुरेन्द्र विष्ट
कैलाली
प्रतिनिधिसभा १ : टपेन्द्र रावल
प्रदेशसभा १ (क) द्वारिका न्यौपाने
प्रदेशसभा १ (ख) राप्रपालाई छोड्ने
प्रतिनिधिसभा २ : झपड रावल
प्रदेशसभा २ (क) कमला वली
प्रदेशसभा २ (ख) देवी पाण्डे
प्रतिनिधिसभा ३ : गौरीशंकर चौधरी
प्रदेशसभा ३ (क) जयनारायण जोशी
प्रदेशसभा ३ (ख) राप्रपालाई छोड्ने
प्रतिनिधिसभा ४ : लेखराज भट्ट
प्रदेशसभा ४ (क) भीम देउवा
प्रदेशसभा ४ (ख) हरिसिंह साउद
प्रतिनिधिसभा ४ : नारदमुनि राना
प्रदेशसभा ४ (क) यज्ञ बास्तोला
प्रदेशसभा ४ (ख) दुर्गा घिसिङ



