काठमाडौ । नेपालीको महान चाड दशै मनाइदैगर्दा बर्षाले बाधा पुर्याएको छ । जल तथा मौसम बिभागका अनुसार बिहीबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा ठुलो पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशहरूका केही स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मंगलबारदेखि पानी पर्दै आएको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
त्यसैगरी शुक्रवार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहि पानी पर्ने जनाइएको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश का केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।



