काठमाडौ । नेपालीहरूको महान पर्व बिजया दशमी २०७९ को उत्तम साइत ११ वजेर ५१ मिनेटमा रहेको छ ।
टिकाको दिन बुधवार दिनभरी टिकाको साइत रहेपनि उत्तम साइत भने ११ वजेर ५१ मिनेटमा रहेको नेपाल पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोली शुरू हुने टीका लगाउने क्रम पाँच दिन अर्थात पूर्णिमासम्म लगाउने चलन रहेको छ ।
दशैमा टीका थापेर आशीर्वाद लिनकै लागि थातथलो छाडेर स्वदेश वा बिदेशमा रहेकाहरू घर फर्किने गर्दछ्न । टीका लगाउनकै लागि काठमाडौ उपत्यकाबाट मात्र १८ लाख आ–आफ्नो घर फर्किएका छन् ।