images
images

आउन थाल्यो भारतबाट दूध 


  • 666
    SHARES
  • २०७९ आश्विन १५ गते शनिबार

    आउन थाल्यो भारतबाट दूध 

    काठमाडौं । दूध  आयात  गर्न  खुला  भएपछि  भारतबाट  कच्चा दूध आयात गर्न थालेका छन् । दूधको अभाव हुन थालेपछि डेरी उद्योगीले भारतबाट दूध आयात खुला गर्न कृषि तथा पशुपन्छी विकास  मन्त्रालयसँग  माग  गरेका  थिए  ।  सोही  मागअनुसार कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि दूध आयात गर्ने अनुमति दिएको हो । 

    आयात खुला भएपछि सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले हालसम्म ६० हजार लिटर दूध आयात गरिसकेको छ भने अरू ल्याउने प्रक्रियामा छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले विहारको पटनाबाट ६० हजार लिट दुुध आयात गरेको जानकारी दिनुभयो । “भारतमा  पनि  अहिले  दूध  अभाव  छ  ।  चाहिनेजति दूध दिइरहेको छैन, थोरैथोरै भए पनि दिइरहेको छ,” उनले भने । 

    पोखराको  सुजल  फुड  प्रालिले  भारतबाट  दूध  आयात  गर्न  थालेको  छ  ।  सुजलका  व्यापार  प्रमुख  दशरथ  सिलवालले  ४०  हजार  लिटर  दूध  आयात  गरेको  र  अरू  आउने  प्रक्रियामा  रहेको  बताउनुभयो  ।  “भारतबाट  दूध  ल्याउन  सरकारी  प्रक्रिया नै झन्झटिलो छ । दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न भनेको छ तर प्रक्रिया यति झन्झटिलो छ कि त्यो पूरा गर्दैमा समय खेर गइरहेको छ,” उनले भने । भारतबाट दूध आयात गर्न पशुसेवा विभागबाट अनुमति  लिनुपर्छ  भने  त्यसपछि  क्वारेन्टाइ चेकजाँचको  प्रमाणपत्र  लिएर  मात्र  दूध  ल्याउन  पाइन्छ  ।  

    कृषि  मन्त्रालयले  असोज  मसान्तभित्र  दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्ने अनुमति दिएको छ । त्यसमा दैनिक ४० हजार लिटर डीडीसीले ल्याउन पाउनेछ भने बाँकी ८० हजार लिटर निजी उद्योगीले ल्याउन पाउनेछन् । डीडीसीले भारत विहारको पटनाबाट दूध ल्याइरहेको छ भने सुजलले एक पटक विहारको आरा र अर्को पटक उत्तर प्रदेशको बहराइचबाट ल्याएको छ । 

    प्रमुख सिलवालले भारतमा दूध खरिद गर्दा प्रतिलिटर ७८ रुपियाँदेखि ८५ रुपियाँ पर्ने गरेको र  कारखानासम्म  ल्याइपु¥याउँदा  प्रतिलिटर  ८५  रुपियाँदेखि ९० रुपियाँ लागत पुग्ने बताउनुभयो । काठमाडौँ र पोखरामा दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँमा बिक्री हुन्छ । 


    images
    images

    Logo