काठमाडौं । काठमाडौं महानगरपालिकाले ताकिता गरेपछि लामो समयदेखि कर नबुझाएका ठूला करदाताले धमाधम कर बुझाउन थालेका छन् ।महानगरका अनुसार भदौ १५ गते कर बुझाउन पत्राचार गरेपछि दुई साताको अवधिमा सम्पत्ति कर, मनोरञ्जन कर, व्यवसाय कर र घरबहाल करबापत २३ करोड ६३ लाख ८ हजार ९ सय ४२ रुपैयाँ सङ्कलन भएको हो ।
असोज ११ गतेसम्ममा सम्पत्ति कर २१ करोड ७७ लाख २७ हजार, मनोरञ्जन कर ८६ लाख ४५ हजार १ सय ८९ रुपैयाँ, व्यवसाय कर १९ लाख ५ सय र घरबहाल कर ८० लाख ३६ हजार २ सय ४५ रुपैयाँ सङ्कलन भएको महानगरले जनाएको हो । नेपाल विद्युुत् प्राधिकरणले सम्पत्ति करबापत १९ कतरोड २६ लाख रुपैयाँ हिसाब गरी बुझाएको बताइएको छ ।
यस्तै मनोरञ्जन करबापत काठमाडौं फनपार्कले १७ लाख ३६ हजार, डेल्टिन क्यासिनो (होटल म्यारिट)ले २१ लाख ४२ हजार ३४, क्यासिनो प्यालेस (अन्नपूर्ण होेटल)ले ११ लाख ८५ हजार ४ सय ६३, प्राइम इन्टरमेन्ट एन्ड रिक्रिएसन (हायात होटल)ले ९ लाख ८९ हजार ४ सय ६० रुपियाँ कर बुझाएको महानगरले जनाएको छ ।
यस्तै, माजोङ इन्टरटेनमेन्ट (होटल सोल्टी)ले ९ लाख ९३ हजार छ सय रुपियाँ, बाल्को क्यासिनो (होटल एलफट) र छाया क्यासिनोले २ लाख १० हजार २ सय ५८ रुपैयाँ मनोरञ्जन कर बझुाएको छ । यस्तै माजोङ इन्टरटेनमेन्ट (होटल सोल्टी)ले व्यवसाय करबापत १७ लाख ८५ हजार ५ सय र महावीर प्यालेसले १ लाख ८५ हजार ५ सय रुपैयाँ बुझाएको छ ।
नेपाल ल क्याम्पसले ५ लाख १३ हजार १ सय ८६ रुपैयाँ, कालीमाटी फलफूूल तथा तरकारी विकास समितिले ७३ लाख २३ हजार २ सय ५५ रुपैयाँ र नेपाल चेम्बर अफ कमर्सको भवनमा भाडा बसेको महावीर प्यालेसले १ लाख ९९ हजार ८ सय ३ रुपैयाँ घरबहाल कर बुझाएको छ ।
यस्तै सम्पत्ति करबापत मनमोहन मेमोरियल कलेजले ८९ लाख रुपैयाँ, सिविक हस्पिटल प्रालिले ८ लाख ६५ हजार र नेपाल फाइनान्स लिमिटेडले १४ लाख ७० हजार ४ सय १२ रुपैयाँ बुझाएको महानगरले जनाएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ लाख ८ हजार १ सय ४७ रुपैयाँ, भीजी अटोमोबाइल्स प्रालिले ११ लाख ७८ हजार ८ सय ४७ र गोपालजी प्रोपर्टिज प्रालिले आंशिक रूपमा ५० लाख ६६ हजार ७ सय ३ रुपैयाँ सम्पत्ति कर बुुझाएको महानगरले जनाएको छ ।



