काठमाडौं । खाद्य यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री मूूल्य निर्धारण गरेको छ । कम्पनीले खसीबोका प्रतिकेजी ६ सय ८० रुपियाँ र च्याङ्ग्रा प्रतिकेजी १ हजार २ सय ६० रुपैयाँँ मूूल्य निर्धारण गरेको छ । गत वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँँ निर्धारण गरेको थियो । खरिद मूल्य नै बढेकाले मूूल्य बढ्न गएको कम्पनीले जनाएको छ ।
बुधबार बिहानदेखि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । २ सय २७ वटा च्याङ्ग्रा आइसकेको र खसीबोका बाटोमा आउने क्रममा रहेको कम्पनीले जनाएको छ । कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपैयाँँ छुुट दिइएको जानकारी दिए ।
बुधबार बिहान १० बजेदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरिने उनले जानकारी दिए । दाङ, धादिङ, हेटौँडाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा खरिद गरेको जनाएको छ । यस्तै च्याङ्ग्रा प्रतिकेजी १ हजार १ सय ५० रुपैयाँँमा खरिद गरेको कम्पनीले जनाएको छ ।
दशैँमा उपत्यकामा खसीबोकाको खपत धेरै हुुने हुुँदा व्यवसायीले गाउँगाउँमा गई खरिद गरेर उपत्यकामा ल्याएर बिक्री सुरु गरेका छन् । यसपालि उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुुुमान गरिएको छ ।
यसपालिको दशैँका लागि बझाङको साइपालबाट खसीबोका हुम्ला आइपुुगेका छन् । कोरोनाका कारण चीनसँगका चारवटा नाका बन्द हुँदा च्याङ्ग्रा नआउने भएपछि साइपालबाट खसी ल्याइएको हो । खसी व्यापारी जयबहादुुर शाहीले साइपालबाट दुुई चरणमा खसी ल्याएर बिक्री गरिएको र अब एक चरण पुुग्ने बेला भएको बताए । उनले च्याङ्ग्राको तुलनामा खसीको मूल्य बढी पर्ने भएको कारण हुम्लावासीको दशैँ पनि महँगो हुने बताए ।



