images
images

दशैँ बिदामा पनि अदालतमा मुद्दाको सुनुवाइ हुने


  • 590
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    दशैँ बिदामा पनि अदालतमा मुद्दाको सुनुवाइ हुने

    काठमाडौँ । दशैँ बिदाका समयमा पनि सर्वोच्चसहितका अदालतमा बन्दीप्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुने भएको छ  । न्यायाधीशबीच आलो पालो रूपमा सुनुवाइ हुने छ ।

    घटस्थापना, शनिबार  र  विजयादशमीको दिनबाहेक सबै दिन बिदामा पनि बन्दीका रिटमा सुनुवाइ हुने छ । असाज  १०  गतेदखि असोज २३ गते सम्मको  दशैँँ बिदामा सर्वोच्च र  मातहतका अदालतमा तालिका लागू हुने छ । सो अवधिमा  बन्दीप्रत्यक्षीकरणका  रिट पनि  दर्ता  हुने छन्  ।  रिटको   सुनुवाइसम्बन्धी सर्वोच्चको  सूचनामा भनिएको  छ, “न्याय प्रशासन ऐ न–२०७३ को  दफा २६ बमो जिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकराको  रिट लिई सुनुवाइ गर्न बिहान ११ बजे दे खि अपराह्न २ बजे सम्म अदालत खुला रहनेहुँदा सम्बन्धित सबैको  जानकारीका लागि सूचना प्रकाशित गरिएको   छ  ।”

    जिल्ला अदालतमा भने बन्दीप्रत्यक्षीकरण    रिटको     सुनुवाइसँगै  फौजदारी कार्यविधिसंहिताको दफा ९  अनुसार  का  पक्राउ  पुर्जी  जारी गर्ने र पक्राउ  अनुमति  दिन काम  पनि  हुने  छ  । पक्राउ अनुमति दिने र पक्राउ  गर्नका  लागि शनिबार र विजयादशमीको दिनबाहेक जिल्ला तहका अदालतमा सेवा कायम  रहने छ  ।


    images
    images

    Logo