images
images

उम्मेदवारको खर्च सीमा बढाउन तयारी


  • 705
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    उम्मेदवारको खर्च सीमा बढाउन तयारी

    काठमाडौं ।  आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। 

    राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले बताएको छ। आयोगले तयार गरेको सूत्रबमोजिम प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनतम २४ लाख तथा अधिकतम ४१ लाख खर्च कायम हुनेछ। सूत्रबमोजिम ४१ लाख हुन आए पनि अधिकतम खर्च ३३ लाख कायम गर्नेगरी सीमा तय गर्ने तयारी गरिएको छ। 

    तर आयोगले साबिकमा रहेको खर्चलाई न्यूनतम सीमा राख्नेगरी खर्च निर्धारण गर्ने निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले असोज ११ गते राजनीतिक दलका पदाधिकारीसँग उक्त विषयमा छलफल गरिने बताए । 

    आमनिवाचन २०७४  मा  प्रतिनिधि  सभा सदस्य पदका  उम्मेदवारले २५  लाख  खर्च  गर्न  पाउने सीमा तोकिएको थियो ।  सूत्रअनुसार अधिकतम ४१ लाख खर्च  गर्न पाउने मनासिव देखिए पनि अधिकतम सीमा  ३३ लाख मात्रै कायम गर्ने गरि तयारी गरिएको छ  । आयागले खर्च सीमा तोक्न तीनवटा  मापदण्ड बनाएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडलले भने, “मतदाता  सङ्ख्या,  क्षेत्रफल रमतदान केन्द्रको सङ्ख्यालाई  आधार बनाएको छ  ।” आयोग  स्रोतका  अनुसारखर्च सीमा तय गर्न निर्वाचन  क्षेत्रमा  रहेका  मतदाताको कुल  सङ्ख्याका लागि  ५५  प्रतिशत  भार निर्धारण  गरिएको छ । निर्वाचन क्षेत्रको क्षेत्रफलअन्तर्गत  २५  प्रतिशत  र मतदान केन्द्रका  लागि  २०  प्रतिशत  भार दिइनेगरि सूत्र तयार गरिएको हो । कुल  १ सय ६५  वटा  निर्वाचन  क्षेत्रलाई पाँच  समूहमा  विभाजन गरि  खर्च तोक्ने तयारी  छ  । आयोगको तयारि बमोजिमको खर्च  स्वीकृत भए अधिकतम  ३३  लाख  खर्च  गर्न  पाउने अधिकांश हिमाली  तथा  पहाडका  निर्वाचन क्षेत्र  हुन छन्  । 

    यस्तै इलाम र ३१ लाख खर्च गर्न  पाउने सीमाभित्र पर्ने छन् । यस्तै २५ लाख र २७  लाख  खर्च  गर्न  पाउने अधिकांश  निर्वाचन क्षेत्र  काठमाडौं उपत्यकाभित्रका  छन् । आयागले तय  गरेको आधार बमोजिम प्रदेश  सभा  सदस्स लाख  खर्च सीमा हुन  आउँछ । प्रदेशसभा  सदस्य  निर्वाचन–२०७४  मा भने उम्मेदवारको खर्च  सीमा  १५  लाख  थियो । तर आगामी निर्वाचनका लागि न्यूनतम १५ लाख र अधिकतम २३ लाख खर्च  पाउनेगरि सीमा निर्धारणको तयारी छ । 


    images
    images

    Logo