images
images

राष्ट्रपतिको गठबन्धनले खोल्यो ‘फायर’, प्रधानमन्त्रीसहित शीर्ष ४ नेताको संयुक्त विज्ञप्ती


  • 441
    SHARES
  • २०७९ आश्विन ५ गते बुधबार

    राष्ट्रपतिको गठबन्धनले खोल्यो ‘फायर’, प्रधानमन्त्रीसहित शीर्ष ४ नेताको संयुक्त विज्ञप्ती

    काठमाडौं । गठबन्धनका ४ शीर्ष नेताले राष्ट्रपतिको कदमविरुद्ध एक हुन आह्वान गरेका छन् । संसदले पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयभित्र राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो आह्वान गरेका हुन् । 

    विज्ञप्तीमा राष्ट्रपतिको गैरसंवैधानिक कदमबाट संघीय संसदको घोर अपमान भएको उल्लेख गरिएको छ । यसबाट लाखौं नेपालीहरु नागरिकता पाउनबाट वञ्चित हुनुको साथै संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वैभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्य मान्यतामाथि गम्भीर प्रहार भएको समेत उल्लेख गरिएको छ । 

    संसदको दुवै सदनले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ विधेयक पठाएको थियो । सो विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । भदौ २० गते पठाइएको उक्त विधेयकलाई राष्ट्रपतिले मंगलबार रातीसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो । 

    विधेयक प्रमाणीकरण गर्न नसकेको अवस्थामा के हुन्छ भन्ने कुनै व्यवस्था नभएको अवस्थामा दलहरुले राष्ट्रपतिविरुद्ध फायर खोलेका हुन् । 

    bigyapti.jpg


    images
    images

    Logo