images
images

सुशील काेइरालालाई नेपालरत्न, जीवराज आश्रितलाई राष्ट्र गाैरव


  • 463
    SHARES
  • २०७९ आश्विन ३ गते सोमबार

    सुशील काेइरालालाई नेपालरत्न, जीवराज आश्रितलाई राष्ट्र गाैरव

    काठमाडौं । स्व. सुशील कोइराला नेपालरत्नबाट सम्मानित भएका छन् । संविधान जारी गर्ने समयमा प्रधानमन्त्री रहेका कोइरालालाई संविधान दिवसको अवसरमा सरकारले नेपालरत्न पदकबाट सम्मानित गर्ने निर्णय गरेको हो । 

    त्यस्तै, नेपालरत्नपछि सर्वाधिक उच्च पदकको रुपमा रहेको राष्ट्र गौरव पदकबाट दासढुंगामा मदन भण्डारीसँगै वेपत्ता रहेका मदन आश्रित, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई दिइएको छ । 
    त्यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट अर्का संकृतिविद् जगमान गुरुङ सम्मानित भएका छन् ।

    उनीहरुसहित थप ९ सय ४३ जनलाई विभिन्न सम्मान, विभुषण तथा पदकहरु प्रदान गर्ने निर्णय गरिएको छ । 

    त्यसमध्ये, सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट १४ जना, सुकीर्तिमय राष्ट्रदीपबाट १७ जना, सुप्रबल जनसेवाश्रीबाट १६५ जना, कीर्तिमय राष्ट्रदीपबाट ६ जना, प्रबल जनसेवाश्रीबाट ३२१ जना, राष्ट्रदीपबाट २०६ जना विभुषित भएका छन् । 

    त्यस्तै, १० जनालाई राष्ट्र यशोबद्र्धक, २ जनालाई परम पौरख भाष्कर, ३६ जनालाई नेपाल प्रताप सुभुषण, २३ जनालाई नेपाल सेवा प्रवीण, ८ जनालाई अति पौरख भाष्कर, १९ जनालाई नेपाल प्रताप आभुषण, ३७ जनालाई समाजसेवा रत्न, २३ जनालाई नेपाल प्रताप भुषण, प्रदान गरिएको छ । 

    त्यस्तै, पदकतर्फ ६ जनालाई प्रथम श्रेणीको राष्ट्रसेवा पदक, १८ जनालाई शिक्षाज्योति पदक, १३ जनालाई सगरमाथा पदक, १२ जनालाई सुकीर्ति पदक, ८ जनवलाई वीरता पदक, १ जनालाई सौर्य पदक, १६ जनालाई विकास रत्न पदक प्रदान गरिएको छ । 

    सरकारले हरेक वर्ष संविधान दिवसको दिन घोषणा गरेर नयाँ वर्षको दिन राष्ट्रपतिको हातबाट उक्त विभुषण प्रदान गर्ने गरेको छ । 


    images
    images

    Logo