काठमाडौं । मिर्मिरे लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार लघुवित्तको २० प्रतिशत बोनस बापतको ८ लाख ७० हजार १ सय ४२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।