images
images

असोजमा बैंकको ब्याजदर बढाउने सहमति


  • 1.3K
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    असोजमा बैंकको ब्याजदर बढाउने सहमति

    काठमाडौं । नेपाल बैकर्स संघले असोज महिनाका लागि ब्याजदर बढाउने सहमति गरेको छ । विहिवार बसेको संघको बैंठकले सो निर्णय गरेको हो । 

     वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख, जेठ, असार र साउन र भदौ महिनामा ११.३ प्रतिशतका दरमै ब्याज पाएका थिए । अब असोज महिनामा भने १२.०३ प्रतिशत ब्याजदर दिने संघले सहमति गरेको छ । 

    बैंकले असोज महिनादेखि संस्थागत मुद्धतीमा १०.०३ प्रतिशत र रेमिट्यान्स मुद्धती निक्षेपमा १३.०३ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । 

    यद्धपी रेमिट्यान्स निक्षेपमा राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकहरुले अधिकतम जति पनि ब्याजदर निर्धारण गर्न सक्नेछन् । 


    images
    images

    Logo