काठमाडौं । १६ जीवन बीमा कम्पनीलाई बीमा समितिले ७ दिन भित्र वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । तोकिएको समयमा वित्तीय विवरण पेश नगर्ने १६ जीवन बीमा कम्पनीहरुलाई समितिले यस्तो निर्देशन दिएको हो ।
अहिलेसम्म पनि वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीहरुमा राष्ट्रिय बीमा संस्था, नेशनल लाइफ, नेपाल लाइफ, एलआईसी नेपाल, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, रिलायन्स लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्स रहेका छन् ।
बीमा समितिले जारी गरेको जीवन बीमाले सम्बन्धी निर्देशिका २०७८ अनुसार आर्थिक वर्ष समाप्त भएको एक महिना भित्र पेश गर्नुपर्ने व्यवस्था छ । सोही निर्देशिका अनुसार उक्त १६ जीवन बीमा कम्पनीलाई ७ दिन भित्र वित्तीय विवरण पेश गर्न समितिले निर्देशन दिएको हो ।



