images
images

यी क्षेत्रमा आज हुनसक्छ आवागमन अवरोध, ट्राफिकले भन्यो, ‘वैकल्पिक मार्ग रोज्नू’


  • 515
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

    यी क्षेत्रमा आज हुनसक्छ आवागमन अवरोध, ट्राफिकले भन्यो, ‘वैकल्पिक मार्ग रोज्नू’

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भन्दै बैकल्पिक मार्ग रोज्न भनेको छ । विशेष कारणवश भन्दै ट्राफिकले यस्तो अनुरोध गरेको हो । 

    यस अनुसार विहान पौने ९ बजे सोल्टी होटलदेखि तीनकुनेसम्म, साढे ११ बजे तीनकुनेदेखि सोल्टी होटलसम्म, दिउँसो साढे ३ बजे सिंहदरबारसम्म र साढे ४ बजे सिंहदरबारदेखि सोल्टी होटलसम्मको क्षेत्रमा आवागमन प्रभावित हुने ट्राफिकले जनाएको छ ।  

    अहिले चिनियाँ जनकाँग्रेसका अध्यक्षको नेपाल भ्रमणमा छन् । आज उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । विशिष्ठ व्यक्तिको सवारीका लागि यस्तो सूचना जारी गरिएको ट्राफिक प्रहरीले जनाएको हो ।


    images
    images

    Logo