images
images

खाने तेलको कच्चा पदार्थमा ९० प्रतिशत भन्सार महसुल छुट, कुन वस्तुमा कति कर ?


  • 544
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    खाने तेलको कच्चा पदार्थमा ९० प्रतिशत भन्सार महसुल छुट, कुन वस्तुमा कति कर ?

    काठमाडौं ।  सरकारले आर्थिक ऐन २०७९ मा संशोधन गर्दै विभिन्न वस्तुहरुमा लाग्दै आएका करका दर संशोधन गरेको छ ।  बिहीबार राजपत्रमा सूचना जारी गर्दै अर्थमन्त्रालयले करको दर संशोधन गरेको हो। 

    करको दर संशोधन अनुसार कच्चा पदार्थमा लाग्ने १० प्रतिशत भन्सारलाई ५ प्रतिशतमा झारिएको छ । यस्तै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको छ । सूर्यमुखी, भटमास, तोरी, रायो, सर्स्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई बढाएर ९० प्रतिशत पुर्‍याइएको छ ।

    जीआई वायर रडको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा ल्याइएको छ । त्यस्तै, स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयातमा अन्तःशुल्क नलाग्ने व्यवस्था मन्त्रालयले गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटपछि करको दर बढाइएको भन्दै जीआइ वायर र स्यानेटरी प्याड उत्पादक आन्दोलित भएका थिए।


    images
    images

    Logo