काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन्। अदालतको अवहेलना सम्बन्धी मुद्दामा उनले लिखित जवाफ पठाएका हुन् ।
नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
मेयर बालेनले बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनसायबाट अदालतको अवहेलना हुन नसक्ने उल्लेख छ।
यस्तो छ बालेनले सर्वोच्चमा पेश गरेको लिखित जवाफ :