images
images

४ साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सरकारलाई सुझाव


  • 604
    SHARES
  • २०७८ बैशाख १२ गते आइतबार

    ४ साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सरकारलाई सुझाव

    काठमाडौ । नेपालमा कोरोना महामारीको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ साता लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ । भारतमा कोरोनाको संक्रमण बढेदै गएको र त्यसको जोखिम नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले सरकारलाई ४ साता बन्द गर्ने सुझाव दिएको हो । मन्त्रालयले कारोना भाइरसको नियन्त्रण भन्दा बाहिर जान लागेको भन्दै यस्तो सुझाव दिएको हो । 

    मन्त्रालयका अनुसार आज अपरान्ह ४ बजे सुझाव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरूले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ । 

    सो ब्रिफिङ पश्चातसरकारले आवश्यक लकडाउन गर्ने वा नगर्ने निर्णय लिने बुझिएको छ । भारतमा कोरोना संक्रमणको अवस्था भयावह भएकोले गर्दा त्यसको असर नेपालमा समेत पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन तथा आम नेपालीलाई कोरोना भाइरसबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न लकडाउनको तयारी थालेको हो । 

    नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि पछिल्लो सातामा दैनिक २ हजार भन्दा बढी संक्रमित भेटिन थालेका छन् । शुक्रबार मात्रै देशभर २ हजार ५५९ जनामा भाइरसको संक्रमण देखियो । जसमध्ये काठमाडौं उपत्यकामा तीन जिल्लामा मात्रै ९४० जनामा संक्रमण देखिएको थियो । 


    images
    images

    Logo