काठमाडौं । अल्फाबिटा कम्प्लेक्समा डोजर चलेपछि एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत बालेनमाथि खनिएका छन् । कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासँगको फोटो अपलोड गर्दै उनले बालेन विरुद्व अभिव्यक्ति दिएका हुन् ।
बस्नेतले बालेनले शर्मासँग आफूहरुको फोटो देखेर प्रतिशोध सांध्न डोजर लगाइएको आशंका व्यक्त गरे । उनले यस्तो सन्की र लहडी आतंकलाई नियन्त्रण गर्ने चेतावनी समेत उनले दिए ।