images
images

कुमारी बैंकको ऋणपत्र भदौ १७ गतेदेखि, ११ प्रतिशत ब्याजदर


  • 641
    SHARES
  • २०७९ भाद्र ९ गते बिहीबार

    कुमारी बैंकको  ऋणपत्र भदौ १७ गतेदेखि, ११ प्रतिशत ब्याजदर

    काठमाडौं । कुमारी बैंकको ऋणपत्र भदौ १७ गतेदेखि खुल्दैछ । बैंकले ११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो।

    बैंकले उक्त ऋणपत्र ११ प्रतिशत व्याजदरमा १० लागि निष्काशन गर्न लागेको छ । बैंकले १७ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। 

    जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ। त्यस्तै, सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ।

    सो ऋणपत्रमा छिटोमा भदौ २१ गतेसम्ममा र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिनसकिने छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo