images
images

शाओमी १२ लाइट नेपाली बजारमा, मूल्य कति ?


  • 632
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    शाओमी १२ लाइट नेपाली बजारमा, मूल्य कति ?

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अल्ट्रा स्लिम शाओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ।शाओमीले हरेक व्यक्तिको छुट्टाछुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर डिजाइन शाओमी १२ लाइट फोन सार्वजनिक गरेको हो। 

    लन्चमा बोल्दै शाओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘शाओमीले नवीनतम प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ। यसै क्रममा हामीले हाम्रो मोस्ट अबटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन शाओमी १२ लाइट ल्याएका छौँ। यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागसिप पफर्मेन्सको अभूतपूर्व अनुभव लिनुहुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।’

    ‘यसमा फ्ल्यागसिप डिजाइन त छ नै, साथै १०८ एमपीको मेन क्यामरा, ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामरा र २ एमपीको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्नुहुनेछ’, उनले भने। 

    ६ं१२८ जीबी र ८ं१२८ जीबी स्टोरेजसहित आउने शाओमी १२ लाइट हरियो, गुलाफी र कालो रङमा उपलब्ध छ। यसको मूल्य ६ं१२८ जीबी ५० हजार ९ सय ९९ र ८ं१२८ जीबी ५३ हजार ९ सय ९९ रहेको छ। यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा उपलब्ध हुनेछ।


    images
    images

    Logo