काठमाडौं । सैलुङ निर्माण कम्पनी तथा डिस्टिब्युटर्ससहित १० वटा कम्पनीलाई कालो सूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार सूचना प्रकाशन गरी शैलुङ कन्स्ट्रक्सनसहित विभिन्न १० कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मको लागि कालोसूचीमा राखेको हो।
ती कम्पनीहरुलाई कार्यालयले काममा लापरबाही, गुणस्तरहीन काम भएको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राखेको हो ।
एमएस जेहोङडिङ इन्टरनेस्नल इन्जिनियरिङ कोओप्रेसन लिमिटेड चाइना, अरभली इन्फ्रापावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन प्रालि ३ वर्षका लागि कालोसूचीमा परेका छन्। भने त्यसैगरी खरिद अनुगमन कार्यालयले चेन्जक्वीङ वाङबेन इलेक्ट्रिक कोओप्रेसन लिमिटेडलाई पनि ३ वर्षको लागि कालोसूचीमा परेकाे छ ।
महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालिलाई २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ। बाँकी अरु सबै कम्पनीलाई १ वर्षकाे लागि कालोसूचीमा राखिएकाे छ । सो अवधिभर यी कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।




