images
images

साउन महिनामा आयात १२.९० प्रतिशतले घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब


  • 475
    SHARES
  • २०७९ भाद्र ७ गते मंगलबार

    साउन महिनामा आयात १२.९० प्रतिशतले घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब

    काठमाडौं । आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब १३ अर्ब रुपैयाँ बराबरकोे आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउन महिनामा आयात १२.९० प्रतिशतले घटेको छ । गत वर्ष सोही समयमा नेपालले १ खर्ब ५० अर्ब बराबरको आयात गरेको थियो ।

    साउन महिनामा नेपालको निर्यात पनि २८.६८ प्रतिशतले घटेको छ ।  साउन महिनामा नेपालले १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । यो गत वर्षको तुलनामा २८.६८ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा २० अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । 

    विभागले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको पहिलो महिनामा  वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब रुपैयाँ बरारबको रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब २९ अर्ब ९६ करोड  रुपैयाँ व्यापारघाटा रहेको थियो ।

    त्यस्तै, साउन महिनामा नेपालले १ खर्ब ४६ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो गत वर्षको तुलनामा १४.८१ प्रतिशतले घटेको छ ।  गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ७१ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

     


    images
    images

    Logo