images
images

मौद्रिक नीति र बजेटले नघटाएको शेयर बजार आज घट्यो


  • 616
    SHARES
  • २०७८ जेठ १७ गते सोमबार

    मौद्रिक नीति र बजेटले नघटाएको शेयर बजार आज घट्यो

    काठमाडौं । बैंकहरुले एक वर्षभन्दा छोटो अवधिमा शेयर बिक्री गर्न नपाउने तथा लघुवित्त कम्पनीको साधारण शेयरमा लगानी गर्नै नपाउने राष्ट्र बैंकको नियम तथा अल्पकालीन कारोबारीका लागि पुँजीगत लाभकर बढाउने सरकारी निर्णयबीच नघटेको शेयर बजार सोमबार घटेको छ । 

    सो दिन शेयर बजार ४५ अंकले घट्दा समग्र परिसुचक २७८२.६८ विन्दुमा झरेको छ । सो दिन बजारमा १३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । 

    आज हाइड्रोपावर, व्यापारमूलक, निर्जीवन बीमा तथा अन्य समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । म्युचुअल फण्ड परिसूचक भने सोमबार पनि बढेको छ । 

    आज बजारमा १ सय ८२ कम्पनीको कारोबार भएकोमा २६ कम्पनीको शेयरमूल्य बढेको १५४ कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । 


    images
    images

    Logo