images
images

१ अर्ब ३७ करोड अनुदान सहायता स्वीकार गर्नेसहित यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय


  • 636
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    १ अर्ब ३७ करोड अनुदान सहायता स्वीकार गर्नेसहित यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय

    काठमाडौं । साउन ९ गते बसेको मन्त्रिपरिषदको बैंठकले १२ निर्णयहरु गरेको छ । जसमा सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेन्बल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

    साथै,  सो बैठकमा सरकारले फिनल्याण्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल तथा सचिव सिंचाई सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, साउन ३० देखि भदौ १० सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेण्टल कन्फ्रेन्सको पाचौं सत्र आईजीसीभीमा नेपालको तर्फबाट सहभागिताका लागि कानून तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कुशलचन्द्र सुवेदीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । 

    त्यस्तै, चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनित गर्ने, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा. नविनचन्द्र गौतमलाई मनोनयन गर्ने, राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने लगायतका निर्णय भएको छ । 

    यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय :


    images
    images

    Logo