images
images

रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा


  • 555
    SHARES
  • २०७९ श्रावण ५ गते बिहीबार

    रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा

    काठमाडौं । मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ। रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो।

    शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालमा मात्र नभई भारतलगायत अन्य देशमा समेत अक्सिजेनेटरको अभाव रहेको बताए। उनले अस्पतालमा आकस्मिक शल्यक्रियाका लागि केही अक्सिजेनेटर राखिएको बताए। उनले पछि गर्न मिल्ने शल्यक्रिया मात्र हाललाई स्थगित गरेको बताए।

    अक्सिजेनेटर ल्याउने जिम्मा पाएको ठेकेदारलाई चाँडो ल्याउन ताकेता गरिए पनि विश्व बजारमा अक्सिजेनेटरको अभाव भएकाले समस्या भएको दाबी उनले गरे। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले भने केन्द्रमा अक्सिजेनेटर अभाव छ भन्ने विषयमा कुनै जानकारी नै नभएको बताए। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा तत्काल अभाव नरहे पनि समस्या पर्ने देखिएको छ। 


    images
    images

    Logo