images
images

नेपालमा गहुुँ, चिनी निर्यातमा प्रतिबन्ध छैन : भारतीय राजदूत श्रीवास्तव


  • 576
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    नेपालमा गहुुँ, चिनी निर्यातमा प्रतिबन्ध छैन : भारतीय राजदूत श्रीवास्तव

    काठमाडौं । नेपालमा लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेका छन् । 

    नेपाल उद्योग वाणिज्य महासङ्घले बुुधबार राजधानीमा आयोजना गरेको औपचारिक भेटवार्तामा राजदूत श्रीवास्तवले सो जानकारी दिएका हुन् । “भारत नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा छ । हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,” राजदूत श्रीवास्तवले भने । “सडक, रेल, हवाई साथै डजिटल कनेक्टिभिटीमा देखापरेका समस्या समाधान गर्दै नेपालको अर्थतन्त्रलाई बलियो बनाउन भारत सरकार तयार छ,” राजदूतले भनेो । 

    भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तरको ल्याब स्थापना गरेको, काठमाडौँमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी  काम भइरहेको राजदूतले बताए । सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले भारत सरकारका तर्फबाट केही अत्यावश्यक वस्तुुको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगलाई समस्या उत्पन्न हुन थालेको बताए । नेपालमा लगानी विस्तार, व्यापारिक नाकाको पूर्वाधार विकास, प्रयोगशालाको स्तरीकरण तथा थप ल्याबको विस्तार, गैरभन्सार अवरोधजस्ता समस्या रहेको  बताउँदै  अध्यक्ष  गोल्छाले  भारतसंँगको  व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे । 

    अध्यक्ष गोल्छाले महासङ्घले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसङ्घको सहकार्यमा काठमाडौँमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गरे ।


    images
    images

    Logo