images
images

'निजगढमै विमानस्थाल बनाउनुपर्छ भन्नु महागल्ती'


  • 524
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    'निजगढमै विमानस्थाल बनाउनुपर्छ भन्नु महागल्ती'

    काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा विकल्प खोज्न र पुनः अध्ययन गर्न दिएको आदेशलाई लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालगायत तीन दलका नेताले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन्।

    आइतबार प्रोपब्लिकलगायत कानुन आबद्ध विभिन्न संगठन, वातावरणविद्ले आयोजना गरेको निजगढ फैसला कार्यान्वयनको मार्गचित्र विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले सर्वोच्च अदालतको निर्णय नपढीकन कुनै पनि निर्णय गर्न नहुने बताए । 

    उनले भने 'कुनै पनि दलका नेताले पूर्ण फैसला पढ्नुभएको छैन, हचुवाको भरमा सर्वोच्च अदालतले निजगढमै विमानस्थल बनाउनुपर्छ भन्ने फैसला गरेको छ भन्दै बोल्न थाल्नुभएको छ।' 


    images
    images

    Logo