काठमाडौं । सिमेन्ट उद्योगबाट रोजगारी सिर्जना गर्ने र अर्थतन्त्र बलियो बन्ने निष्कर्ष सहति राष्ट्र बैंक विदेशी लगानीम थप सिमेन्ट उद्योग खोल्न दिँदा उपयुक्त हुने निष्कर्ष निकालेको छ । सिमेन्ट उदोगले अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंक गरेको एक अध्ययनले थप नयाँ सिमेन्ट उद्योग खोल्न दिँदा अर्थतन्त्र अझ बलियो बन्ने देखाएको छ । बैंकले शुक्रबार एक अध्ययन सार्वजनिक गर्दै सिमेन्ट उद्योग थप्दा रोजगारी र व्यापार बढ्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालमा भएका चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो मागलाई आन्तरिक रुपमा नै परिपूर्ति गर्नुपर्ने राष्ट्र बैंकको अध्ययनको निष्कर्ष छ । आयात प्रतिसथापन तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने राष्ट्र बैंक अध्ययनले देखाएको छ ।
यद्यपि राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले सिमेन्ट उद्योग सञ्चालनबाट सामाजिक–आर्थिक पाटोमा व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना गर्नुका साथै उद्योग वरिपरिका जमिनको मूल्य वृद्धिका कारण ‘वेल्थ इफेक्ट’ लगायतका सकारात्मक प्रभावहरु परेको उल्लेख गरिएको छ । यद्यपि वातावरणीय प्रदूषण सम्वन्धी नकारात्मक असर भने परेको प्रतिवेदनमा देखाइएको छ ।
सो कारणले गर्दा सिमेन्टलाई आवसीय क्षेत्रमा स्थापना गर्न पदन नहुने तथा निरुत्साहित गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नु पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगहरुमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका रहेका छन् । राष्ट्र बैंकको अध्ययनमा विदेशी लगानीका ३, सरकारी स्वामित्व २ र निजी २ गरी जम्मा ७ उद्योगलाई अध्ययनमा समेटेको हो ।
प्रत्यक्ष विदेशी लगानीका उदोगको मुनाफा राम्रो
सरकारी र निजी स्वामित्व रहेका उद्योगहरूको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरूको मुनाफा राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता बढी हुनुका साथै उत्पादन लागत न्यून भएको अध्ययनले देखाएको छ ।
मुलुक भित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेकाले पछिल्ला केही वर्ष यता सिमेन्टको आयात घट्दै गइरहेको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।



