काठमाडौं । बलेफी हाइड्रोपावरको साधारण शेयर (आईपीओ) भर्ने समय फेरी थप भएको छ । कम्पनीले माघ २७ गतेलेखि फागुन १९ गतेसम्म निष्काशन तथा पिक्री खुल्ला गरेकोमा माग बमेजिम दरखास्त नपरेकाले आईपीओ भर्ने समय फेरी थप गरि फागुन २६ गतेसम्म पुर्याएको हो ।
माघ २७ गते बलेफीले १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको थियो । कम्पनीको आईपीओमा १० कित्ता देखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गरेको शेयरमध्ये आयोजना निर्माणस्थल सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीयवासीका लागि ६० प्रतिशत र जुगल गाउँपालिकाकै वडा नं ५ र ७ तथा बलेफी गाउँपालिकाकाे वडा नं १, ३, ६ र ७ का प्रसारण लाइन प्रभावित ४० प्रतिशत समेत गरी उक्त शेयर बिक्री गर्न लागिएको छ ।
हाइड्रोपावरले निष्काशन गर्न लागेको १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर प्रतिव्यक्ती १० कित्ताका दरले वितरण गर्दा १ लाख ८२ हजार ७ सय ९७ जनालाई वितरण गर्न पर्याप्त हुनेछ ।
उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।



